Powered by Blogger.
नेपालको जुनार अन्तराष्ट्रिय बजारमा खपत गराउँन पहल

राजन गाउँले
सिन्धुली ५ कात्तिक  । सिन्धुली लगायत नेपालका विभिन्न जिल्लामा उत्पादन हुने जुनारले अन्तराष्ट्रिय गुणस्तर प्राप्त गर्न नसक्दा अन्तराष्ट्रिय बजारमा निर्यात गराउँन पहल थालिएको छ । 
कृषि विकास मन्त्रालय र जुनार विकास संघले जुनारलाई अन्तराष्ट्रिय बजारमा निर्यातका लागि आवश्यक पहल थालेको हो । नेपालमा उत्पादन हुने जुनारलाई अन्तराष्ट्रिय गुणस्तर र मापदण्ड पुरा गराउँदै विदेशका बजारमा जुनारको खपत गराउन आवश्यक पहल गरीएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको हो । 
सुरक्षित जुनार बंगैचा र गुणस्तरीय फल उत्पादन गर्दै सिन्धुली, रामेछाप लगायतका जिल्लामा उत्पादीत जुनारलाई अन्तराष्ट्रिय बजारमा पठाउन पहल गरेको कार्यालयका प्रमुख होमराज विष्ठले बताए ।  उनका अनुसार अनुसार नेपालमा उत्पादीत जुनारलाई छिमेकी मुलकहरु भारत, चिनका साथै जापान, बंगलादेश, थाईल्याण्ड, साउदी अरेयिबा, मलेसिया तथा संयुक्त अरब इमिरेट्सलगायतका देशहरुमा पठाउनका लागि विगत पाँच वर्षदेखी पहल गरिँदै आएको छ । 
यी देशहरुमा नेपालको जुनार खपत गराउँ पाँच वर्ष अघिदेखीनै नमुना पठाएर नेपालमा उत्पादीत जुनारमा गुाण्स्तरता पहिचान गरिरहेको उनको भनाई छ ।
‘नेपालको जुनार अन्तराष्ट्रिय बजारमा खपत गराउँन अघि अन्तराष्ट्रिय गुणस्तर र मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । यो परिक्षण नेपालमा सम्भावना पनि छैन् । यसका साथै जुनार उत्पादीत बँगैचामा रोगकिरा रहति जुनार, विषाधी रहित तरीकाले उत्पादनमा समेत कठिनाई छ । यसकारण पनि नेपालको जुनारले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्न नसकेको हो । यसकालागि मन्त्रालय मार्फत पहल भइरहेको छ,’ विष्टले भने ।
कृषि विकास मन्त्रालय र केन्द्रीय जुनार सहकारी संघले पाँच वर्ष अघिनै नेपाली जुनारको नमुना परिक्षणका लागि पहिलो चरणमा जापान, बंगलादेश, थाईल्याण्ड, साउदी अरेयिबा, मलेसिया तथा संयुक्त अरब इमिरेट्सलगायतका देशहरुमा पठाएको थियो । छिमेकी मुलुक चिनले भने बँगैचाको सुरक्षा, विषाधी रहित, रोगकिरा नियन्त्रण लगायतका पाँचवटा मापदण्डा पुरा भए नेपालको जुनार निर्यात गर्ने यस अघिनै जनाइसकेको छ । 
‘नेपालको जुनार अन्तराष्ट्रि बजारमा पठाउन दशथरीका अन्तराष्ट्रिय मापदण्ड पुरा गर्नु पर्ने हुन्छ तर, नेपालमा वर्षेनी औंसे किराकै नियन्त्रण गर्न सकिएको छैन् । जुन किराले वर्षेनी हजारौं मेक्ट्रीकटन जुनार कुहाउँछ । उसकारण पनि समयमा नेपालको जुनारले अन्तराष्ट्रिय बजार पाउन सकिरहेको थिएन । अहिले यस्तो किराको नियन्त्रण पनि भइरहेको छ,’ उनले थपे ।
अन्तराष्ट्रिय बजारमा नेपाली जुनार निर्यात तथा विक्री वितरणका साथै जुनारको प्रचार प्रसार र गुणस्तरमा विश्वासीलो बनाउनका लागि सबै क्षेत्रको उत्तिकै पहल हुनु पर्छ । हाल नेपालको जुनार नेपाल लगाएत छिमेकी राष्ट्र भारतका अधिकांस मुख्य बजारहरुमा पुग्ने गरेको छ भने उत्तरी क्षेत्रमा चिनको सिमानाका बजारहरुमा खपत हुँदै आएको छ ।
नेपालमै जुनार उत्पादनका दृष्टिले प्रमुख क्षेत्र मानिएको सिन्धुली जिल्लामा जुनार उत्पादनलाई व्यावसायिक करण गर्दै लैजान मित्र राष्ट्र जापानले विगद वर्ष देखिनै सहयोग गर्दै आएको र जुनारको गुणस्तरमा समेत जापनीज सहयोगि निकायले परिक्षण गरीरहेको छ । यसैविच सिन्धुली र रामेछापमा गुणस्तरीय जुनार उत्पादनका लागि यस वर्षबाट बृहत जुनार क्षेत्र घोषणा गरी जुनार विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।  
हाल सिन्धुली लगायत नेपालका विभिन्न जिल्लाहरुमा उत्पादन हुने जुनार भारतमा १० प्रतिशत, स्थानीय जिल्ला भित्रै ३५ प्रतिशत, तराई लगाएत राजधानी काठमाण्डौंमा ५५ प्रतिशत खपत हुने गरेको एक तथ्यांकले देखाएको छ । नेपालमा सिन्धुली र रामेछाप जिल्ला जुनार उत्पादनका दृष्टिले अग्रणी र मुख्य पकेट क्षेत्रको रुपमा मानिन्छ । हाल नेपालमा करिब २३ हजार मेक्ट्रीक टन जुनार वार्षिक रुपमा उत्पादन हुने गरेको छ । यस मध्ये ५० प्रतिशत जुनार सिन्धुली जिल्लामै उत्पादन हुने गरेको छ । यस्तै रामेछाप जिल्लामा ३० प्रतिशत र अन्य जिल्लाहरुमा २० प्रतिशतले जुनारको उत्पादन हुने गरेको सम्बद्ध स्रोतले जनाएको छ ।


,

0 comments

Write Down Your Responses