Powered by Blogger.
अलैंची खेतीको व्यावसायिकरण हुन सकेन

सिन्धुली ५, कात्तिक । आम्दानीका दृष्टिले कालो सुनकारुपमा लिइने अलैंची खेती सिन्धुली जिल्लामा भने  व्यावसायिकरण हुन नसक्दा दिन प्रतिदिन उन्मूलन हुने अवस्थामा पुगेको छ ।
अलैंचीमा लाग्ने विभिन्न रोगको पहिचान तथा नियन्त्रण र अलैंचीको विउ विरुवालाई समयानुकुल अध्यावधिक गर्न नसक्दा जिल्लाबाटै लोप हुने अवस्था सिर्जना भएको हो । जिल्लाको जलकन्या, रतनचुरा, तिनकन्या, भद्रकाली, आमबोटे, लाम्पानटार, जिनाखु, महादेबडाँडा, अरुणठाकुर, ककुरठाकुर लगाएतका ४० भन्दाबढी गाविसमा अलैंची खेती गर्न सकिने अनुकुल हावापानि रहेको छ । 
जिल्लामा अहिले सांढे चार हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । तर, जिल्लामा लोपउन्मुख अलैंची वार्षिक डेढ मेक्ट्रीकटन मात्र उत्पादन हुने गरेको छ । व्यवसायिक र पकेट क्षेत्रकै रुपमा जिल्लामा अलैंची खेति नभएपनि सयभन्दाबढी कृषकहरुले यसको खेति गरेको पाइएको जिल्ला कृषि विकास कार्यालयका अधिकारीहरु बताउँछन् ।  
जलकन्या गाविसको २, ३, ६, र ७ नं. ओडा, रतनचुरा गाविसको ६, ८ र ९ तथा तिनकन्या गाविसको ८ र ९ नं. ओडाका कृषकहरुले अलैंचीको खेति गर्दै आएकका छन् । रतनचुरा गाविसमा स्थानिय कृषक तथा जैविकविविधता संरक्षण सम्बन्धी कार्य गर्दै आएको एक गैरसरकारी संस्था लिवर्डले अलैंचीखेती गर्ने कृषकहरुका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको संस्थाले जनाएको छ । 
झण्डै दुइ दशक अघि जिल्लामा लगाईएको अलैंचीको विरुवाको अध्यवधिक गर्न नसक्दा विभिन्न रोगले विरुवा र विउनै सखाप हुदै गएको कृषि विकास कार्यालयका नथुनीप्रसाद यादवले बताए । ‘विभिन्न रोगका कारण जिल्लाका अलैंची बगानमा समस्या देखिएको छ । यसका कारणपनि जिल्लाको अलैंची उत्पादनमा वर्षेनी करिब ३० प्रतिशतका दरले कमी आइरहेको छ,’उनले भने ।
यस्तो समस्या हुनुमा समय समयमा देखिने अज्ञात रोग तथा वर्षामा खहरे खोल्सीहरुमा आउने बाढी र हिउँदमा लाग्ने डढेलो प्रमुख कारण भएको उनको भनाई छ । पछिल्लो समयमा काठ दाउराका लागि जथाभावी वन जंगल फडानी गर्नाले पनि अलैंचीका बगान मासिदै गएको छ । वार्षिक रुपमा लाखौंको आम्दानी लिन सकिने अलैंची बगानमा देखिन थालेको समस्याका कारण किसानहरु चिन्तीत बन्दै आएका छन् ।
जिल्लाका अधिकांश गाविसमा अलैंचीखेती गर्न अनुकुल हावापानि भए पनि जलकन्या, रतनचुरा,  तिनकन्या गाविसमा अलैंचीको खेती गरिदै आएको छ । यसरी लगाइएको ती गाविसहरुमा पनि अलैंचीको उत्पादन घट्दै गएको छ । रतनचुरा गाविसका कृषक डम्बरविक्रम वस्नेतका अनुसार अलैंचीखेतीका लागी राज्यले उपयुक्त वातावरण सिर्जना नगरिदिदा थप समस्या आएको हो । 
उनले भने, गत वर्ष जिल्लामा अलैंचीको उत्पादन राम्रो भएको थियो ।  तर यसवर्ष उत्पादनमा कमी आउने भएको छ । स्थानिय वजारमा अलैंचीको भाउ आकासीदै गएको  छ । स्थानिय बजारमा १८ सय देखि २ हजार सम्म प्रति किलो अलैंचीको मुल्य रहेको छ ।
तर जिल्लामा लगाईदै आएको अलैंची खेति र अलैंची बगान भने मासिदै जाँदा कृषकहरु थप निरासा बन्दै गएका छन् । पछिल्लो समयमा अलैंचीमा छिर्के र गानो कुहिने रोगका कारण बोट मर्न थालेपछि त्यसको उचित उपचार र रोगको नियन्त्रणका लागि  जिल्ला कृषि विकास कार्यालयले खासै पहल गर्न नसकेको कृषकहरुले गुनासो गरेका छन् ।
 समयमा रोगको पहिचान गरि उपचार, अलैंचीखेती सम्बन्धी व्यवसायिक प्राविधिक तालीम नहँुदा थप समस्या आएको छ । कृषकहरुले नै प्रविधि सम्बन्धी प्राविधिक तालीम दिन सके  यस्तो समस्या नहुने कृषकहरुले बताएका छन् । कृषि विकास कार्यालयले जिल्लामा अलैंचीखेतीका लागि खासै पहल गर्न नसकेको स्वीकार गरेको छ ।
मौसम परिरवर्तनका कारण दिन प्रतिदिन अलैंचीमा नयाँ रोग देखा परेको हो । अलैचिमा छिर्के फुर्के ब्लास्टजस्ता रोग लागेका कारण अलैंची बगानमा समस्या आएको छ । यसको रोकथामका लागि अलैंचीका नयाँ विरुवाहरु किसानहरुलाई वितरण गर्नु पर्ने कृषी कार्यालयको भनाई छ ।
जिल्लामा रामसाही, गोलसाही, डम्बरसाही र साउने जातका अलैंचीका विरुवाहरु लगाइर्दै आएको छ । जिल्लाको ६ सय मिटर देखि माथीको उचाइ भएका गाविसहरुमा यस्तो अलैंचीको खेती  किसानहरुले गर्दै आएका छन् । कालो सुनका रुपमा लिइने अलैंची समयमा उपचार हुन नसके जिल्लाबाटै उत्पादन सखाप हुने सम्भावना रहेको प्राविधिज्ञहरुले जनाएका छन् । अलैंचीखेति गर्ने कृषकहरुका लागि अनुदानको वेवस्था गर्दै वीरुवा तथा दक्षता र प्राविधिक ज्ञानमा सरकारले सहयोग पुयारउने हो भने पुनः अलैचीखेति लाई व्यवसायिककरण गर्दै लैजान सकिने सम्भावना रहेको छ ।


,

0 comments

Write Down Your Responses