Powered by Blogger.
मौरीपालन गर्ने कृषकको संख्या वढ्दै


राजन गाउँले
सिन्धुली ९, कात्तिक । पछिल्लो समय सिन्धुलीमा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सख्या बढ्दै गएको छ । श्रम अनुसारको आम्दानी हुने र जिल्ला कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेकाले पनि मौरी पालन गर्ने किसानको संख्या वढ्दै गएको हो ।
कतिपय किसानले वर्षमा ६० देखि ७० घार मौरीसमेत बिक्रि गर्ने गरेका छन । एक घार मौरीले वर्षमा १० देखि १५ केजीसम्म मह उत्पादन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । अरु व्यावसाय भन्दा मौरी पालन व्यवसाय गर्न सजिलो हुने १५ वर्ष देखी व्यावसायिक मौरीपालन गर्दै आएका सिन्धुली भिमान डाँडाटोलका किसान जीवनाथ बराल वताउँछन ।
आफ्नै गाउँघरमा हुने फूल तथा तोरीको फूलको रस नै मौरिको लागि उत्तम खाना मानिन्छ । वरालले आधुनिक मौरी घार बनाउनुका साथै व्यावसायिक मौरीपालन पनि गर्दै आएका छन । ‘आपूmले बनाएको आधुनिक मौरीका घारहरु धनकुटा, इलाम, भोजपुर लगायतका जिल्लामा बिक्रि गर्ने गरेको छु,’बरालले भने ।
कतिपय किसानले सहज रुपमा घार उपलव्ध नहुने भएकाले मौरीपालन व्यवसायलाई निरन्तरता दिन नसकेका बेला बरालले भने वर्षमा ६० भन्दा बढी घारहरु बनाइका छन । धेरै घारहरु चाहिँ माग अनुसार बनाउने गरेको उनको भनाइ छ । घार निर्माण सँगसगै व्यावसायिक रुपमा मौरीपालन गरेर आफ्नो आर्थिक उपार्जनमा पनि परिवर्तन गर्न वराल सफल भएका छन । एकपटकमा ५० देखि ६० केजी मह निकाल्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक किलोको चार सयदेखि पाँचसय रुपैयामा मह बिक्रि हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले पनि मौरीपालन किसानका लागि विभिन्न सहयोग गर्दै आईरहेको छ । कार्यालयका अनुसार गत वर्ष मौरी सहितको ५० वटा आधुनिक घार वितरण गरेको छ भने यो वर्ष नौ वटा आधुनिक घार वितरण गरिएको छ । मौरी पालक किसानहरुको लागि आधुनिक घारहरु निकै प्रभावकारी भएको जिल्ला कृषि विकास कार्यालयका सिन्धुलीका प्रमुख हेमराज विष्ट बताउँछन् ।
कार्यालयका अनुसार सिन्धुलीमा पाँचदेखि सातसय किसानले व्यावसायिक मौरीपालन गर्र्ने गरेका छन । सिन्धुलीमा प्रति घार १० देखि १५ केजी मह उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले मौरीका आधुनिक जातहरु, मौरीपालन व्यवसायसँग सम्बन्धित नयाँ प्रविधि लगायतका बारेमा किसानलाई जानकारी गराउने हो भने मौरीपालक किसानले जिवीकोपार्जनका लागि अरु उपायहरु खोज्नु नपर्ने किसानहरुको भनाई छ । 


, ,

0 comments

Write Down Your Responses