Powered by Blogger.
जिविस सिन्धुलीका कर्मचारी आन्दोलित, कामकाज ठप्प

राजन गाउँले
सिन्धुली १, फागुन । स्थानीय निकाय संयुक्त कर्मचारीहरुको आन्दोलनका कारण जिल्ला विकास समिति सिन्धुलीको काम आइतबार ठप्प भएको छ । कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विभिन्न माग गर्दै आन्दोलन थालेपछि काम प्रभावित भएको हो । 
स्थानीय निकायका कर्मचारीहरु सबै धर्नामा बसेपछि स्थानीय विकास अधिकारी तथा योजना तथा प्रशासकिय अधिकृतहरुपनि घाम तपेर बसेका छन् । कार्यालयमा सेवाग्राहीहरु पुगेपनि कर्मचारीले कलम उठाएका छैनन् । 
आफ्ना मागहरु पुरा नभएसम्म शसक्त आन्दोलन गर्ने उनिहरुले जनाएका छन् । गत माघ १९ गतेदेखि आन्दोलनरत कर्मचारीहरुले स्थानीय निकायको निर्वाचन, दक्ष एवं क्षमतावान कर्मचारीलाई प्रदेश तथा संघिय सरकारका माथील्ला पदहरुमा जान पाउने व्यवस्था, स्थानीय निकायमा करारमा कार्यरत कर्मचारीहरुलाई स्थाइत्व र व्यवस्थापन, स्थानीय तहका सम्पूर्ण दरबन्दीहरुलाई प्रदेश स्तरमा एकिकृत गरि निश्चित प्रणालीका आधारमा पदस्थापना र सरुवा गर्न माग गरेका छन् । 
कर्मचारीहरुले स्वेच्छिक अवकाश लिन चाहानेहरुलाई विशेष सुविधा सहित अवकाश लिन पाउने व्यवस्था गर्न पनि माग गरिएको आन्दोलनकर्मी तथा जिविस सिन्धुलीका योजना अधिकृत भुपेन्द्र बस्नेतले जनाए । 
‘नयाँ संविधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेच्छा बमोजिमको प्रभावकारी सेवा प्रदान गर्न सक्ने सांगठनीक संरचना र जनशक्तिको विकास गर्न समेत माग गरिएको छ,’ उनले भने ।
कर्मचारीहरुले यस्ता १६ वटा माग राख्दै आन्दोलन गरिएको जिविसकै सह लेखापाल रामबाबु कार्कीले जनाए । स्थानीय निकाय कर्मचारीहरुलाई गाउँपालीका र नगर पालिकामा समायोजन गर्न भनिएको छ । ‘सेवा निवृत्तका बखत पाउने उपदान, बीमा, सन्तती छात्रवृत्ति, स्वास्थ्योपचार, लगायतका सामाजिक सुरक्षाको स्पष्ट व्यवस्था सहितको सुनिश्चित गर्न पनि भनिएको छ,’ कार्कीले थपे ।
कार्कीका अनुसार आइतबारबाट काम ठप्प पारिएको भएपनि समोबारबाट स्थानीय विकास अधिकारीलाई कार्यालय प्रबेशमा रोक लगाउने, गाविसको काम ठप्प पार्ने, जिविस तथा नगरपालिकाका सावारी साधनहरु सञ्चालनमा रोक लगाउने लगायतका विरोध गरिने छन् ।
आफ्ना मागहरु संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय सामु बुझाएको भएपनि मागहरु प्रति व्यवास्थागरेका कारण आफुहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको जिविसका कार्यक्रम अधिकृत सागरकुमार ढकालले बताए ।
मागहरु पुरा नभएसम्म आन्दोन जारी रहने उनिहरुको भनाई छ । उता कर्मचारीहरुको आन्दोलनका कारण जिविसको कामका लागि आउने सेवाग्राही मारमा परेका छन् । आन्दोलनले विकास निर्माणको काम देखि आन्तरीक राजस्व संकलनमा समेत बाधा पुगेको सेवा ग्राहीको भनाई छ । 
स्थानीय निकायको कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जिविसको काम प्रभावित बनेको स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाँइले जनाए । ‘कर्मचारीहरुलाई आफ्ना मागहरु सहि हिसावले राख्दै काममा बस्न भनिएको छ तर, उहाँहरु मानिरहनु भएको छैन्, उनले भने, ‘कर्मचारीको आन्दोलनले सेवाग्राही मारमा पर्ने भए ।’
नोट ः धर्नामा बसेका जिविस सिन्धुलीका कर्मचारीहरु ।




1 comments

मैले मेरो घर को नक्सा नगरपालिका मा पेश गरेको कार्तिक १४ गते आज सम नक्सा पास भाको छोइन ???
के नेपाल सरकार को कर्मचारी भयर स्थानिय प्रतिनिधि भयर सधै आफ्नो मात्र हेर्नी कि जनता को सेवो गर्ने हो???
गयर जिम्मेवारी कर्मचारीले के का लागि आन्दोलन??

Write Down Your Responses